क्रान्ति केन्द्र सम्वाददाता
मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज ( शनिबार)मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् । राजिनामा दिए झा जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् ।
आसन्न प्रतिनिधि सभाको चुनाव लड्ने उनको तयारी रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार झा महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा रहेको छन् । गत चुनावमा यस क्षेत्र बाट महन्थ ठाकुर निर्वाचित भएका थिए ।
मधेस प्रदेश गठन देखि प्रमुख न्यायाधिवक्तामा झा नियुक्त रहेका थिए ।