क्रान्ति केन्द्र सम्वाददाता ।
सप्तरी जिल्लाको प्रदेश स्तरीय निर्वाचन क्षेत्र न.२( क) मा जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा विजय कुमार यादव चयन भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष तारकेश्वर यादवले बताएका छन् ।
जसपा नेपाल जिल्ला समन्वय समिति सप्तरीको बैठकद्वारा क्षेत्र नम्बर २ (क) र (ख) को कमिटी गठन गर्ने जिम्मेवारी सप्तरी जिल्ला कार्यकारिणी सदस्यद्वय क्रमशः निरज मुक्ति र लक्ष्मण यादवलाई दिएको थियो । कार्यकारिणी सदस्य निरज मुक्तिले वृहत भेलाद्वारा विजय कुमार यादवको अध्यक्षतामा ४१ सदस्यीय निर्वाचन क्षेत्र ( २ ) (क) कमिटी गठन गरेको उनले बताए ।
कमिटीको उपाध्यक्षमा तारकेश्वर प्रसाद यादव, रमेश कुमार मुखिया र ननु कुमार यादव , सचिव रामलखन यादव , सह सचिव अनु मुखिया, रूपेश कुमार मंडल , प्रमोद कुमार यादव, कोषाध्यक्ष रिता साह रहेका छन् । यसबाहेक सदस्यहरुमा प्रमोद कुमार यादव, चुनचुन साह, लक्ष्मी शर्मा, सरोज यादव, चन्द्र भुषन यादव, उमेश प्र.साह, अशा कुमारी साह, रामधन राय, ललित देवी यादव, बिणा देवी यादव, घनश्याम यादव, जिवछ कुमार यादव, जोगी मंडल, राजनरायण साह, मो. फिरोज, सन्जय साह, सुर्यनरायण साह, सकलदेव साह, तेज नारायण मंडल, कृष्ण देव राय, रामेश्वर मुखिया, बन्दना देवी यादव, सचेन्द्र यादव, बिरेन्द्र साह, सत्यनारायण यादव,बदिनेश मिश्र, हरि नारायण मंडल, पिन्टु सिंह, चन्द्रीका देवी, शैशव राजु, इदरीस मंसुरी, पप्पु सरदार लगायत ४१ सदस्य रहेको कार्यकारिणी सदस्य मुक्तिले बताएका छन् ।
यस संगै ७ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिका सदस्यहरुमा मुरली प्रसाद यादव, अशोककुमार यादव, सत्यनारायण यादव, निरज मुक्ति, महेश कुमार यादव, सुचिता कुमारी यादव र उमेश कुमार यादव रहेको छ ।
यसैगरी जसपा नेपाल सप्तरी जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) को कमिटी अरुण कुमार यादव को अध्यक्षतामा गठन गरि सार्वजनिक गरेको छ । कमिटिमा अध्यक्ष यादव बाहेक उपाध्यक्षमा सुरेन्द्र गुप्ता, रामु यादव, सुभाष साह, श्याम सुन्दर यादव, सचिव मो सनाउदीन, सह सचिव मनोज मेहतर, सुघिर यादव, हिरा देव, कोषाध्यक्ष गुलजारी देवि यादव ४५ सदस्य रहेको कार्यकारिणी सदस्य यादवले बताएका छन् ।