क्रान्ति केन्द्र सम्वाददाता ।
जनता समाजवादी पार्टी नेपालको सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को अध्यक्षमा कमल देव यादवको चयन भएकाे छ । सोमबार जसपा नेपाल सप्तरी संसदीय क्षेत्र नम्बर ३ को बसेको विस्तारित बैठकले यादवको नेतृत्वमा ५१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो ।
कमल देव यादवको अध्यक्षतामा गठित क्षेत्रीय समितिको उपाध्यक्षमा हरिनारायण चौधरी र लालबहादुर महतो, सचिव श्रीचन साह, उपसचिव कैलाश यादव, कोषाध्यक्ष रिता शर्मा सहित ५१ सदस्यीय समन्वय समिति गठन भएको छ ।
समितिको गठन पश्चात अध्यक्ष यादवले उपस्थित सम्पूर्ण नेता कार्यकर्ताहरुमा आभार प्रकट गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनमा जसपा नेपालको विजयको शुभकामना दिएका थिए ।
जसपा नेपालका सप्तरी जिल्ला समन्वय समिति उपाध्यक्ष एवम् विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा र राजनीति समिति सदस्य तथा सङ्गठन विभाग उपाध्यक्ष कैलाश यादवको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । उक्त क्षेत्रीय भेलामा विशिष्ट अतिथिमा पार्टीका केन्द्रीय सदस्य एवम् सप्तरी क्षेत्र नम्बर ३”ख” का प्रदेश सांसद विदेश्वर यादव बिक्की, राजनीतिक समिति सदस्य विशेश्वर रजक, राजनीतिक समिति सदस्य विनोद चौधरी, केन्द्रिय सदस्य रामेश्वर मण्डल, रामाकान्त यादव, प्रदेश समिति सदस्य शिवशंकर यादव, सुरेन्द्र प्रसाद यादव, जिल्ला समन्वय समिति सचिव एवम् रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादव, जसपा नेपालका सप्तरी जिल्ला उपसचिव शम्भु कुमार यादव, राजगढ गाउँपालिकाका पार्टी अध्यक्ष ललित प्रसाद सिंह, डाक्नेशवरी नगरपालिका अध्यक्ष लक्षनदेव साह, रुपनी गाउँपालिकाका पार्टी अध्यक्ष बलराम यादव, शम्भुनाथ नगरपालिकाका पार्टी अध्यक्ष सरोज चौधरी, विष्णुपुर गाउँपालिकाका पार्टी अध्यक्ष शिवराम साह, राहुल राय, शुभम यादव, रन्जित यादव एवम् क्षेत्र नम्बर ३ का ४१ वडाबाट जसपा पार्टीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमका सञ्चालक विशेश्वर प्रसाद मंडल (बिपी) ले बताएका छन् ।