Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

निर्वाचन पछि सप्तरीमा १८ मध्ये १० स्थानीय तहको अधिकृत सरुवा

सुरुङ्गा बाहेक सप्तरीका सबै नगरपालिका निमित्त अधिकृतका भरमा

निर्वाचन पछि सप्तरीमा १८ मध्ये १० स्थानीय तहको अधिकृत सरुवा

क्रान्ति केन्द्र सम्वाददाता ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि सप्तरी जिल्लाको अधिकांश स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृतहरुको व्यापक सरुवा भएको छ । सप्तरीमा ९ वटा गाउँपालिका र ९ वटा नगरपालिका गरि जम्मा १८ वटा स्थानीय तह रहेका छन् । जिल्लामा रहेको १८ स्थानीय तह मध्ये १० स्थानीय तहको अधिकृतहरुको निर्वाचन पश्चात सरुवा भइसकेको छ । स्थानीय तहको निर्वाचन पछि सप्तरी जिल्लामा प्रमुख प्रशासकीय अधिकृत सरुवा नभएको गाउँपालिका रुपनी र बलान बिहुल मात्र हुन् ।

बलान बिहुल गाउँपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा कामकाज गरि रहेकाले अधिकृत सरुवा भइ आउने सम्भावना प्रबल रहेको स्रोतले बताएको छ । त्यस्तै सरुवाको खोजीमा अधिकृतहरु मन्त्रालय धाइ रहेकाले रुपनी जस्तो सुगम ठाउँमा आउने कयौं आंकाक्षी रहेकाले त्यहाँ पनि सरुवा हुने सम्भावना बढी नै रहेको स्रोतले बताएका छन् ।

सप्तरीको ९ नगरपालिका मध्ये सुरुङ्गा नगरपालिकामा मात्र दरबन्दी बमोजिम उपसचिवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको छ । जिल्लाका अन्य नगरपालिकाहरु निमित्तको भरमा चलेको छ । सप्तरीमा निर्वाचन पश्चात अधिकृत सरुवा हुने नगरपालिकाहरुमा राजविराज, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिका रहेको छ ।

गाउँपालिकामा नेपाल सरकारका शाखा अधिकृत र नगरपालिकामा नेपाल सरकारका उपसचिवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने प्रावधान छ । तर अधिकांश स्थानीय तहहरु निमित्त अधिकृतको भरमा चलेको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षेत्र विशुद्ध प्रशासनिक र व्यापक भएकाले यसको व्यवस्थापन प्रशासन क्षेत्रका कर्मचारीहरुले नै गर्न सक्ने मान्यता रहेको छ । तर स्थानीय तहमा विभिन्न दवाव र प्रभावका कारण शिक्षा, स्वास्थ्य, प्राविधिक सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरेको कर्मचारी भित्रैबाट गुनासो आउने गरेको छ ।
जनप्रतिनिधिहरुले आफ्नो अनुकूल काम गर्ने कर्मचारीलाई मात्र प्रमुख प्रशासकीय अधिकृत स्वीकार गर्ने गरेको विगतदेखिको परम्परा पुनः देखिएको स्थानीय तहका कर्मचारीहरुले बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरु मन्त्रालय गएर मन मुताबिक रोजी रोजी अधिकृत सरुवा गरेर ल्याएका छन् । निर्वाचनमा पराजित प्रतिनिधिहरु पनि आफ्नो प्रभाव देखाउन अधिकृत सरुवामा अवरोध गर्दा कतिपय स्थानीय तहमा पटकपटक सरुवा रद्द भएको छ ।
सप्तरी जिल्लामा अहिले भएको सरुवा पालिका प्रमुखहरुका सामु ट्राइल पिरियड नै रहेकाले यसमा अझै स्थिरता नरहेको स्थानीय तहका एक अनुभवी अधिकृतले बताए ।
पुरानो जनप्रतिनिधिहरुले गरेका काम मध्ये कयौं बाँकी बक्यौता दिनु पर्ने भुक्तानीहरुको बोझ र नवनिर्वाचित जनप्रतिनिधिहरुको नयाँ नयाँ जोेशका विच सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई काम गर्न सहज नहुने उनको कथन रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology