क्रान्ति केन्द्र सम्वाददाता।
सप्तरी जिल्लाको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा लगभग ३५ वर्ष सेवा गरी विगत केही वर्ष देखि अवकाश प्राप्त जीवनयापन गरिरहेका परीक्षा शाखाका पूर्व कार्यालय सहयोगी कर्मचारी कुमार दाई का नामले परिचित ज्ञान बहादुर बस्नेतको २०७९ भदौ १३ गते सोमबार बिहान असामयिक निधन भएको छ ।
मबिब क्याम्पसको आधिकारिक फेसबुक पेज मार्फत यस खबरले हामीलाई मर्माहत बनाएको लेखेको छ । फेसबुक पेज मार्फत “अल बिदा कुमार दाई” ले सम्बोधन गर्दै “शोकाकुल परिवार प्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन र दिवंगत आत्माको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।” लेखेका छन् ।
अत्यन्त मिलनसार स्वभावका कारण वहाँ विद्यार्थीहरु माझ अति नै लोकप्रिय रहेको क्याम्पसका विद्यार्थीहरुले लेखेका छन् । “सबैको प्रिय कुमार दाई” रहेकोले आज दिनभर शोकमा हामी डुबेको सो क्याम्पसका पूर्व विद्यार्थीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनको निधनको खबर सुनेर सो क्याम्पसमा पढेका पूर्व विद्यार्थीहरु, विद्यार्थी नेता तथा क्याम्पसका प्राध्यापकहरु समाजिक सञ्जालमा मार्फत उनलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्