Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्रदेश सरकारलाई असफल पार्न संघिय सरकारले षड्यन्त्र गरिरहेको अर्थमन्त्री साहको आरोप

विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

प्रदेश सरकारलाई असफल पार्न संघिय सरकारले षड्यन्त्र गरिरहेको अर्थमन्त्री साहको आरोप

क्रान्ति केन्द्र सम्वाददाता।
मधेश प्रदेशका अर्थमन्त्री तथा सरकारका प्रवक्ता एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र साहले प्रदेश सरकारलाई असफल पार्न संघिय सरकार षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । प्रहरी प्रशासन बिनाको सरकारको परिकल्पना गर्न नसकिने बताउँदै मधेश सरकारको प्रहरी भर्ना गर्न संघिय सरकार बाधक बनेको उनले बताएका छन् । प्रवक्ता साहले संविधानमा नै संघिय सरकारले कानुन बनाए पछि मात्र प्रदेश प्रहरी ऐन लागु हुने व्यवस्था राखेर संघले षड्यन्त्र गरेको दाबी गरे । सरकार बनेको पाँच वर्ष बित्न लाग्दा समेत संघ सरकारले प्रदेश प्रहरी भर्ना गर्न नदिएको प्रति प्रवक्ता साहले आक्रोश प्रकट गरेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाको बर्साइनमा सोमबार आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै संघियताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरु विचको एकता अपरिहार्य रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् । मधेश आन्दोलनको बलमा नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनेको प्रवक्ता साहले दाबी गरे । देशमा संघीयता आए पनि मधेशी जनता अझै पनि अधिकारबाट वञ्चित रहेको बताउँदै आन्दोलनको हरेक मोर्चामा जसपा नेपाल सक्रिय रहेको उनले भने ।

पार्टी प्रवेश कार्यक्रममा नवआगन्तुकहरुलाई स्वागत गर्दै अर्थमन्त्री साहले चुनावी र आन्दोलन दुवै मोर्चामा तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । आगामी चुनावमा जसपा नेपालको जित भए मात्र संघियता मजबुत हुने उनले बताए । पार्टी सडक, सदन र सरकारमा रहेर संघर्ष गरिरहेको बताउँदै जसपा नेपालले मधेश सरकार बनाएर ४० वर्षमा नभएको विकास ५ वर्षमा गरेको दाबी गरे । प्रदेश सरकारले हरेक क्षेत्रमा धेरै कामहरु अगाडि बढाएको बताउँदै ४२ वटा कानुनहरु तयार पारेको उनले बताए । प्रदेशमा कर्मचारीको अभाव पूरा गर्न प्रदेश लोक सेवा आयोगले काम गरिरहेको समेत प्रवक्ता साहले बताए ।

विकासका साथै पहिचानको लडाईंको नेतृत्व जसपा नेपालले नै गरिरहेको उनले दाबी गरे ।पहिले काठमाडौंमा जाँदा मधेशिया भनेर हेप्ने गरेकोमा आज काठमाडौंमा पनि मधेश प्रदेशको बासी भन्न थालेकोमा गर्वको कुरा भएको प्रवक्ता साहले बताए ।

आजको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ४०० को संख्यामा स्थानीय नेता कार्यकर्ताहरुले जसपा नेपालमा प्रवेश गरेको जिल्ला कार्यकारिणी सदस्य निरज मुक्तिले बताए । पिन्टु सिंह, श्रीनन्द राय र परमानन्द सरदारको नेतृत्वमा कांग्रेस पार्टी परित्याग गरेका नेता कार्यकर्ता आएका थिए । पप्पु सरदारको नेतृत्वमा लोसपा नेपाल र संजय साहको नेतृत्वमा जनमत पार्टी परित्याग गरका नेता कार्यकर्ता समाहित भएको मुक्तिले बताए ।

उक्त कार्यक्रममा जसपा नेपालको राजनीतिक समिति सदस्य रञ्जु ठाकुर, केन्द्रीय सदस्य मुरली सिंह, मधेश प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज कौश्लेन्द्र यादव, प्रदेश सदस्य सुरजित सिंह, जिल्ला कार्यकारिणी सदस्य निरज मुक्ति, सुचिता यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष तारकेश्वर यादव, जसपा नेपालबाट तिलाठी कोइलाडी गाउँपालिकामा नवनिर्वाचित वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश कुमार मुखिया र सत्य नारायण यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology