Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चारदिने तीज ब्रत आजबाट शुरु, पहिलो दिन ब्रत बस्ने सामर्थ्यका लागि दर खाने दिन

चारदिने तीज ब्रत आजबाट शुरु, पहिलो दिन ब्रत बस्ने सामर्थ्यका लागि दर खाने दिन

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज, भदौं १३ गते ।

चारदिने हरितालिका तीज व्रत आजबाट सुरु भएको छ । आज पहिलो दिनलाई ब्रत बस्ने महिलाहरुले दर खाने दिनको रुपमा मनाउने गर्छिन् ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी मिठो मिठो परिकार, मिठाई, दही र दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।
सोमबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार र ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

हरितालिका (तीज) पर्वका अवसरमा देशैभरीका शिवालयहरु लगायत सबै मठ-मन्दिरहरुमा बिहानै देखि ब्रतालुहरुको भिड लागेको हुन्छ । हरेक बर्ष राजविराजको शिव मन्दिरमा पनि तीजका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको छ । त्यस्तै काठमाण्डौमा रहेका पशुपतिनाथ मन्दिरमा बिहानैबाट लाखौं महिलाको भीड लाग्ने गर्छ

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सव भोलिदेखि सुरू, के छ सुविधाहरु ?

राजविराज महोत्सव भोलिदेखि सुरू, के छ सुविधाहरु ?

साउनको तेश्रो सोम, बिहानैदेखि शिवालयहरु भक्तालुहरुको भीड

साउनको तेश्रो सोम, बिहानैदेखि शिवालयहरु भक्तालुहरुको भीड

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology