श्रवण वत्स
एशिया कप २०२२ को आफ्नो पहिलो खेलमा रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टीमले चिर प्रतिद्वंदी पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा भारतले टस जितेर पहिले बलिङ गरेको थियो ।
पाकिस्तानको टिमले पहिले ब्याटिङ्ग गर्दै १९.५ ओभरमा १४७ रन मात्र बनाउन सकेका थिए । भारतले पाएको १४८ रनको लक्ष्यलाई १९.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएका थिए । भारतको तर्फबाट विराट कोहली र रविंद्र जडेजाले सर्वाधिक रन बनाए । भारतीय टीमले पहिलो ओवरमा नै केएल राहुलको रूपमा आफ्नो विकेट गुमाएका थिए । त्यसपछि विराट कोहली र कप्तान रोहित शर्माका विचमा ४६ बलमा ४९ रनको साझेदारी भयो ।
विराट २५ र रोहित १२ रन बनाएर आउट भए । सूर्यकुमारले जडेजासंग चौथो विकेटका लागि ३१ बलमा ३६ रनको साझेदारी गरे । सूर्यकुमार १८ रन बनाएर बोल्ड आउट भए । त्यसपश्चात जडेजाले हार्दिकसंग साझेदारी गर्दै जित नजिक टिमलाई पुर्याए । दुवैको विचमा पाँचौं विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी भयो । जडेजा अन्तिम ओभरमा बोल्ड हुन पुगेका थिए । तर हार्दिकले छक्का प्रहार गर्दै भारतको जीतलाई रोमाञ्चक बनाइ दिए ।
भुवनेश्वर कुमार र हार्दिक पंड्याको उत्कृष्ट बलिङ्गका कारण भारतले एशिया कप टी २० क्रिकेट टूर्नामेंटमा पाकिस्तानलाई १४७ रनमा सिमित राख्न सफल भयो । भारतीय कप्तान रोहित शर्माले टॉस जितेर पहिले बलिङ्ग गर्ने निर्णय लिएका थिए । भुवनेश्वरले चार ओवरमा २६ रन खर्चेर चार विकेट लिएका थिए । हार्दिकले चार ओवरमा २५ रन खर्चेर तिन विकेट लिएका थिए ।
युवा तेज गेंदबाज अर्शदीप सिंहले पनि ३३ रन दिएर दुई विकेट लिए । भारत-पाकिस्तान विचको मैचमा अर्शदीपको यो पहिलो अवसर थियो ।
खेलको मैन अफ द म्याच भारतीय आउलराउण्डर हार्दिक पाण्ड्या घोषित भएका थिए ।