Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

समाजमा चलिरहने ठगी विरुद्ध पिडितले चौबिसै घण्टा उजुरी दिन सकिने – कार्यदल संयोजक डा. भुसाल

समाजमा चलिरहने ठगी विरुद्ध पिडितले चौबिसै घण्टा उजुरी दिन सकिने – कार्यदल संयोजक डा. भुसाल

श्रवण वत्स

राजविराज भदौं ११ गते । मिटरब्याजी पिडितको समस्या समाधान गर्न नेपाल सरकारले गठन गरेको कार्ययदलले आइतबार सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा पिडित तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।कार्यदलका संयोजक डा. भीष्म कुमार भुसालले देशभरि कै वास्तविक मिटरब्याजी पिडितको समस्या बुझ्न र मिटरब्याजीको चङ्गुलबाट मुक्त गर्नको लागि कार्यदलको गठन भएको बताए ।

मिटरब्याजी पिडितहरुको वास्तविक समस्या र पिडितहरुलाई मिडियाले उजागर गरि दिएका कारण यो विषय बाहिर आएको हो । सरकार यस विषयमा गम्भिर भएर समाधानका लागि जरासम्म पुगेर पूर्णरुपले समाधान निकाल्नु पर्छ । त्यसका लागि कार्यदलले स्थानीय सरकार, बैंकिङ्ग क्षेत्र, प्रहरी, पत्रकार सबैसँग सहकार्य गरेर तिब्रतासाथ काम गरिहरेको कार्यदलका संयोजक डा. भुसालले बताए ।

समस्या समाधानको निम्ति सरकारद्वारा गठित कार्यदलले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटघाट तथा प्रकृतिगत समस्याबारे जानकारी लिएका थिए । पिडितहरूले उजुरीको समयसीमा छोटो भएको गुनासो गरेका थिए । पिडितहरुसंग कुरागर्दै संयोजक भुसालले देश विकासका महत्पूर्ण सूचक मध्येको एक रहेको सामाजिक न्यायका लागि प्रतिबद्ध रहेको सरकारको अगाडि कुनै समयसीमा हुँदैन । समाजमा चलिरहने यस्ता ठगी विरुद्धको उजुरी पिडितले सम्बन्धित निकायमा चौबिसै घण्टा दिन सकिने उनले बताए ।

जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोशी नगरपालिका बाहेक १७ वटै स्थानीय तहमा मिटरव्याज पिडित विरुद्ध ११४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम कार्यदललाई जानकारी गराएन ।

वास्तविक पिडितहरूलाई मिटर व्याजीको चङगुलबाट मुक्त गरेर गुमाएका घर जग्गा फिर्ता हुन सक्ने आधार प्रमाण सहित काम गर्न कार्यदलले सरकारलाई सुझाउ दिने छन् । यति धेरै बैंक तथा वित्तीय संस्था हुँदाहँदै देशभरिबाट यति ठूलो संख्यामा मिटरव्याजी विरुद्ध मुद्दा दर्ता हुनु धेरै दुःखद खबर हो । यस विषयमा तीनै तहको सरकारलाई साहु महाजनसँग किन ऋण लिनु पर्ने यस्तो चर्को व्याजमा त्यसको मुख्य कारण बारे थप अध्यन गरी त्यस प्रकारको बजेट नीति कार्यान्वयनको सुझाव दिने उनले बताए ।

सरकारले मिटरव्याजी विरुद्ध भदौं ५ गते सम्मको समयसिमा निर्धारण गरेको थियो । तर त्यो समयसिमा समाप्त भईसके पनि सप्तरी जिल्लामा अहिले पनि पिडितहरुको उजुरी आउने क्रम जारी रहेको र उजुरीको गम्भीरता हेरेर निवेदन लिने गरेको प्रमुख गौतमले बताए ।

सोही क्रममा बोदेवसाईन नगरपालिकाका मिटरब्याजी पिडित श्रीलाल पासमानले मिटरब्याजी रामदेव साहबाट १६ लाख लिएको त्यसबापत व्याज जोडेर ७६ लाख हिसाव देखाएर मेरो १६ कट्ठा जग्गा पास गराईसकेको आफ्नो गुनासो सुनाएका थिए ।त्यस्तै रुपनी गाउँपालिका वडा नम्बर २ का भागवत यादवले बच्चा पढाउनको लागि २०७३ चैत्र ५ गतेमा बद्रि यादवसँग १ लाख लिएको थिएँ । “अरु पैसा पछि दिन्छु भनेर पाँच लाखको तमसुक गराए । अहिले खेपी भनेर ४६ लाख माग्दैछ” आफ्नो पिडा कार्यदलका संयोजकसँग सुनाए ।

मिटब्याजी विरुद्ध सप्तरी प्रहरीले तीव्र अनुसन्धान सहित काम गर्दै आइरहेको सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । सप्तरीका कुख्यात मिटरब्याजी खडक नगरपालिकाका रामदेव साह र  उनका छोराछोरी माथि मुद्दा दायर भएर अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा राखिएको उनले जानकारी दिए ।

साउन २७ मा मन्त्री स्तरिय निर्णयवाट गठित समितिले काम थालेसँगै मिटरब्याजी विरुद्ध देशैभरिमा सबभन्दा बढी ६९ प्रतिशत उजुरी मधेश प्रदेशमा परेको छ ।मधेश प्रदेशका आठवटै जिल्लाहरूमा स्थलगत पुगेर निष्पक्ष र पिडितको हकमा काम गर्ने कार्यदलको उद्देश्य रहेको संयोजक डा. भीष्म कुमार भुसालले बताए ।

सदस्यद्धय दिनेश आचार्य र श्रीकृष्ण श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोइराला लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका बैंक तथा वित्तीय संस्थाको शाखा प्रमुखहरु, स्थानीय तहका प्रमुखहरू तथा मिटरव्याज पिडित नागरिकहरुसँग प्रत्यक्ष छलफल गरेका थिए

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

राजगढ गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्न प्रहरीमा जाहेरी

राजगढ गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्न प्रहरीमा जाहेरी

सरकारले एक लाख नागरिकलाई स्वरोजगार दिने

अगामी बर्षको लागि १८ खर्ब ६० अर्ब बजेट विनियोजन

‘मधेशीलाई पनि बोल्न देउ’ भन्दै बन्द सत्रमा ४० मिनेट उभिरहे पत्रकार झा

‘मधेशीलाई पनि बोल्न देउ’ भन्दै बन्द सत्रमा ४० मिनेट उभिरहे पत्रकार झा

नेपालीले विदेशमा क्यूआरबाट भुक्तानी गर्न सक्ने

नेपाल सरकारले ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनाले कतिसम्म पाउने ?

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनाले कतिसम्म पाउने ?

४२ जनाबाट सुरु आइडियलको १४ हजार बढी सदस्य

४२ जनाबाट सुरु आइडियलको १४ हजार बढी सदस्य

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology