Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विद्यालयमा शिक्षकको चरम अभाव‌, विद्यार्थीको पठनपाठन लथालिङ्ग

२ जना शिक्षकको भरमा ८ कक्षासम्म सञ्चालन

विद्यालयमा शिक्षकको चरम अभाव‌, विद्यार्थीको पठनपाठन लथालिङ्ग

प्रवेशकुमार बाबुल

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत रहेका १३ वटा आधारभूत विद्यालयहरुमा शिक्षकको चरम अभाव रहेको छ । गाउँपालिका अन्तर्गतका आधारभूत विद्यालयहरुमा कक्षा तथा विद्यार्थी अनुपातमा शिक्षक नहुँदा पठनपाठन लथालिङ्ग बन्दै गएको छ ।

विद्यालयहरुमा एउटा कक्षामा एक शिक्षकको न्यूनतम आवश्यकता पनि पुरा भएको छैन् । शिक्षक अभाव बारे विद्यालयहरुले लामो समयदेखि गाउँपालिकालाई ताकेदा गरिराखे पनि हालसम्म पालिका लगायतका सरोकारवाला निकायहरुबाट ठोस पहल हुन नसकेको प्रधानाध्यापकहरुको गुनासो रहेको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित राजाजी आधारभूत विद्यालय बनरझुलाको ८ वटा कक्षासम्मको पढाइ २ जना शिक्षकको‌ भरमा चलेको छ । विद्यालयका प्रधानाध्यापक देवनारायण पण्डित भन्छन् “दुई जना शिक्षक मध्ये पनि प्रधानाध्यापकलाई अधिकांश समय अफिसको काम तथा बैठक गोष्ठी मै जानुपर्ने बाध्यता हुन्छ । शिक्षकको अभावमा एउटै कोठामा ३/३ वटा कक्षाका विद्यार्थीहरुलाई राखेर पढाउनु पर्ने बाध्यता छ । २०३६ सालमै स्थापित यस विद्यालयले पछिल्लो लामो समयदेखि यसरी नै शिक्षकको अभाव झेल्दै आएको छ । दुई वर्ष अघि सम्म यहाँ ४ जना शिक्षक कार्यरत थिए । दुई जना शिक्षकले अवकास पाएको पनि दुई वर्ष भयो तर रिक्त रहेका ती पदहरुलाई अझै पूर्ति गर्न सकेको छैन् ।

विद्यालयहरु पछिल्लो तिन वर्षदेखि व्यवस्थापन समिति विहिन समेत रहेको छ । यसअघिका जनप्रतिनिधिहरुले बनाएको कार्यविधि विवादास्पद बनेकाले व्यवस्थापन समिति गठन हुन नसकेको एक शिक्षकले बताए ।

तिलाठी कोईलाडी गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी साहले सामुदायिक विद्यालयहरुको बेथिति हटाउने नाममा आफु भोट मागेर निर्वाचित भएका कारण निकट भविष्य मै विद्यालयहरुको अवस्था सुधार्ने दाबी गरेकी छिन् । यहाँका सामुदायिक विद्यालयहरुमा अध्ययनरत हजारौं बालबालिकाको पठन पाठन हदैसम्म प्रभावित भैरहदा समेत यसको जिम्मेवारी लिन भने कोहि तयार देखिदैन । पुराना जनप्रतिनिधिहरु माथि दोष थुपारेर नवनिर्वाचित जनप्रतिनिधिहरु आफू पन्छिन खोजेको स्थानीय अभिभावकहरुको आरोप छ।

यसरी कक्षाको अनुपातमा पनि शिक्षक नभएको हुँदा यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्धकार तिर अग्रसर रहेको स्थानीय बुद्धिजीवीहरुको कथन छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका प्राय: सबै वडामा रहेका आधारभूत विद्यालयहरुको अवस्था यस्तै छ ।वडा नम्बर १ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय तिलाठीमा ५ कक्षासम्मको पढाइ हुन्छ तर विद्यालयमा २ जना मात्र शिक्षक छन् । सोही वडामा रहेको अर्को ६ कक्षासम्म पढाई हुने जनता राप्रावि बेल्ही मल्हनियामा जम्मा ३ जना शिक्षक छन् ।

वडा नम्बर २ लौनियाँमा ८ कक्षासम्म सञ्चालन हुने उमेश्वर आधारभूत विद्यालयमा ७ जना मात्र शिक्षक छन् । वडा नम्बर ३ सकरपुराको राप्रावि मुखिया टोल सकरपुरामा पनि ५ कक्षाको लागि मात्र ४ जना शिक्षक रहेको छ । सोही वडाको अर्को विद्यालय राप्रावि सकरपुरामा कक्षा ५ का लागि मात्र ३ जना शिक्षक छन् । सोही वडामा रहेको कृष्णकुमारी देवी आधारभूत विद्यालयमा ६ कक्षा सम्मको लागि मात्र ४ जना शिक्षक छन् । त्यही स्थित अर्को विद्यालय राप्रावि को. बरसाईनमा कक्षा ५‌ सम्को लागि शिक्षक २ जना मात्र छन् । सोही वडाको अर्को टोलमा रहेको राप्रावि कुसहा को. बर्साईनमा कक्षा ५ सम्मको पढाई हुने भए पनि २ जना शिक्षक मात्र छन् ।

वडा नम्बर ६ अन्तर्गतको राप्रावि कोमधेपुरामा ५ कक्षासम्मको सञ्चालन २ जना शिक्षकले गर्दैछन् ।सोही वडाका हरिहर हरिनारायण राप्राविमा कक्षा ५ सम्म विद्यार्थी भर्ना रहे पनि शिक्षक २ जना मात्र छन् । वडा नम्बर ७ को राप्रावि मंसापुरको ५ कक्षा सम्म ३ जना शिक्षकले चलाउँदैछ भने वडा नम्बर ८ को राप्रावि सडेपारको ५ कक्षासम्मको पढाइ ३ जना शिक्षक ‌माथि निर्भर रहेको छ ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सासुआमाले जबरजस्ती गराइन गर्भपतन

सासुआमाले जबरजस्ती गराइन गर्भपतन

कार्यालयमा थुनिए कार्यवाहक नगरप्रमुख

कार्यालयमा थुनिए कार्यवाहक नगरप्रमुख

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology