क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
समाजवादी प्रेस संगठनको स्थापना दिवसको उपलक्ष्यमा शनिवार एक कार्यक्रम बीच रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजवादी प्रेस संगठनको जिल्ला अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्राङ्गणमा रहेको ब्लडबैंकमा ८ जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा पटक पटक रक्तदान गर्दै आएका रवि रायले आफ्नो जीवन कालमा २१ औं पटक रक्तदान गरेको बताए । सो अवसरमा संगठनको केन्द्रीय सदस्य नर्मदेव यादव र अम्बिका दाहाल सहित शिक्षक शिक्षिका, सुरक्षाकर्मी, वृद्धिजीविहरुको उपस्थिति रहेको थियो ।