Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अधिकार प्राप्तिको लागि सडक, सदन र सरकारको तिनै मोर्चामा संघर्षरत छौं : अध्यक्ष यादव

प्रवेशकुमार बाबुल

अधिकार प्राप्तिको लागि सडक, सदन र सरकारको तिनै मोर्चामा संघर्षरत छौं : अध्यक्ष यादव

जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल सडक, सदन र सरकारको तिनै मोर्चामा संघर्षरत रहेको बताएका छन् ।शनिबार जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।उनले प्राप्त अधिकार बचाउन र नपाएको अधिकारहरु पाउन जसपा तिनै ठाउँमा संघर्षरत रहेको बताए।

नेपालको संविधान विभेदकारी रहेको टिप्पणी गर्दै मधेशी जनताको पहिचान, अधिकार, हकहित र पहुँचको लागि जसपा सधैं संघर्षरत रहँदै आएको उनले बताए । संघियता हाम्रो संघर्षको प्रारम्भिक उपलब्धि मात्र रहेको बताउँदै दलित, गरिब, पिछडावर्ग, अधिकारबाट वञ्चित समुदायको अधिकार प्राप्त नभएसम्म हाम्रो संघर्ष पुर्ण नहुने उनले थपे । मधेशी, महिला, दलित, शोषित, उत्पिडित उपेक्षित वर्गले राजनीति तथा अन्य क्षेत्रमा बराबरीको हक नपाए सम्म नेपाल समृद्ध मुलुक बन्न नसक्ने ठोकुवा गरे। जसपाको संघर्ष हालको विभेदकारी संविधानलाई परिवर्तन वा संशोधन गरि मधेशी जनताको अधिकार सुनिश्चित गर्नु रहेको उनले बताएका छन् ।

कार्यक्रममा बोल्दै भर्खरै दुबै सदनबाट नागरिकता विधेयक पास भई‌ राष्ट्रपतिबाट फिर्ता गरिएको कदम प्रति टिप्पणी गर्दै कम्युनिष्ट पार्टीको प्रभावमा राष्ट्रपतिले आफ्नो ओहदा बिर्सेको भन्दै अध्यक्ष यादव आक्रोश प्रकट गरे । नेपालमा कुनै कम्युनिष्ट पार्टी वास्तविक कम्युनिष्ट नरहेको आरोप लगाउँदै उनले भने ” जनतालाई लुटेर खाने कम्युनिष्ट हुन सक्दैन ।”

आसन्न निर्वाचनका बिभिन्न मुद्दामा समेत उनले चर्चा गरेका थिए ।जसपाको लागि चुनाव लडाई लड्ने एक मोर्चा मात्र रहेको उनले बताएका थिए । नेपालको चुनावी प्रणालीलाई‌ महंगो चुनावी प्रणालीको संज्ञा दिदै उनले चुनावमा पार्टी वा उम्मेद्वारले पैसा खर्च नगर्नुपर्ने प्रणालीको आवश्यकता रहेको बताएका थिए । यो प्रणाली नआएसम्म भ्रष्टाचारलाई समाप्त पार्न नसकिने उनले धारणा राखेका थिए ।

चुनावी गठबन्धनको बिषयमा बोल्दै  न्यायपूर्ण र उचित ढंगले मांग मुद्दामा सम्झौता भए मात्र गठबन्धनमा रहने  तर कसैले बेइमानी गरे एक्लै चुनाव लड्ने उनले उद्घोष गरे । कार्यक्रममा जसपाका कार्यकारिणी समिति सदस्य तथा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, केन्द्रीय प्रवक्ता मनिषकुमार सुमन, मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव, संविधानसभा सदस्य रन्जु ठाकुर र प्रदेश सासंद विन्देश्वरप्रसाद यादव बिक्की लगायत वक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको निवर्तमान प्रमुख प्रभाकर यादवसहित विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अधिकांश वक्ताहरुले उपेन्द्र यादवलाई सप्तरीबाट चुनाव लड्न आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology