क्रान्ति केन्द्र सम्वाददाता
भदौं ११ गते, राजविराज ।
नेपाल खेलकुद महासंघ समाजवादीले शनिबार राजविराजमा एक भेला गरि २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
शनिबार नेपाल कम्युनिष्ट (एकिकृत समाजवादी) पार्टी सप्तरीको कार्यालयमा एक कार्यक्रम बीच खेलकुद महासंघ समाजवादीको मधेश प्रदेश सदस्य विनोद झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । मधेश प्रदेश खेलकुद महासंघ नेपाल समाजवादीका सह-इन्चार्ज राजेश चौधरीको प्रमुख आतिथ्य र राममृत पासवानको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा राजविराज नगरपालिकाका शम्भु कुमार दासको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुरुङ्गा नगरपालिकाका संतोश साह, सचिवमा बोदेबरसाईन नगरपालिकाका ज्ञानेन्द्र चौधरी र कोषाध्यक्षमा तिरहुत गाउँपालिकाका प्रदिप मुखिया रहेका छन् ।
समितिको सदस्यहरुमा नवनित जैसवाल, सितेश चौधरी, विशाल थापा, महेश साह लगायत २१ सदस्य चयन भएको अध्यक्ष दासले जानकारी दिएका छन् ।
नव निर्वाचित अध्यक्ष दासले हाम्रो पहिलो प्राथमिक्ता हरेक गाउँपालिका र नगरपालिकामा खेलकुदमा युवा युवतीहरुको रुचि जगाउने अभियान सञ्चालन गर्ने रहेको बताए । अहिलेको समयमा धेरै जसो युवायुवतीहरु लागु औषधिको कुलतमा फस्दै गएको छ । तिनीहरुलाई हामीले खेलकुद माध्यमबाट लत छोडाइ राम्रो काममा लगाउने योजना रहेको उनले बताए ।
अहिले युवायुवतीहरुमा खेल खेल्ने रुचि हुँदाहुँदै पनि तिनीहरुसँग पैसा नभएर खेल खेल्नबाट बञ्चित छन् । त्यस्तो रुचि भएका युवायुवतीहरुलाई हामीले खोजेर ल्याइ देशको सामु देखाउँछौं । खेलबाट राम्रो मनिस्थिति बन्छ, राम्रो मनस्थिति बनेपछि एउटा राम्रो सामाजको शुरुवात हुने उनले बताए । हाल तीन तहको सरकार रहे पनि कुनै पनि सरकारले खेलकुदमा लगानी गर्न नखोजेको बक्ताहरुले आरोप लगाएका थिए ।















