Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपा नेतृ रेणु यादव पार्टी परित्याग गर्ने तयारीमा

अध्यक्ष यादवसँग छलफलपछि निर्णय लिने उनको सोच

जसपा नेतृ रेणु यादव पार्टी परित्याग गर्ने तयारीमा

भदौ ११,  क्रान्ति केन्द्र सम्वाददाता।
जसपा नेपालकी नेतृ रेणु यादवले पार्टी परित्याग गर्ने तयारी गरिरहेकी छिन् । “रास्ते में ईतने काँटे नहीं बिछाने चाहिए, की ईन्सान रास्ता बदलने पर मजबुर हो जाय” लेख्दै आफ्नो फेसबुक पोष्ट सार्वजनिक गरेकी छिन् । नेपाल सरकारका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद समेत रहेकी यादवको स्टेट्स माथि उनको पक्ष र विपक्षमा प्रतिक्रियाहरु आएका छन् । मन्त्री पद पनि पार्टीले दिएकै हो समानुपातिकबाट सांसद पनि बनाएकै हो भन्दै अहिले काँडाको कुरा गर्नु नसुहाउँदो भएको प्रतिक्रियाहरु पनि आएको छ । उनले गरेको पोष्टलाई आफैं थप स्पष्ट पार्दै आफू मन्त्री पदका कारण यस्तो नलेखेको बताउँदै हरेक कुरालाई मन्त्री पदसंग नजोड्न उनले आग्रह गरेकी छिन् । राजनीतिमा सम्मान पनि महत्व राख्ने गरेको उनले धारणा राखेकी छिन् । मेरो बाटोमा काँडा भेटिएको होइन बिछ्याइ दिएको हो भन्दै बाटो परिवर्तन गर्न बाध्य पारेको उनले आरोप लगाएकी छिन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई सरकारबाट फिर्ता बोलाए देखि नै उनी पार्टी परित्याग गर्ने मनसायमा रहेको उनका निकटस्थहरुले बताएका छन् । बाबुराम भट्टराईको नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी (नेसपा) नेपाल तिर जाने त्यतिखेर चर्चा चलेपनि सो पार्टीमा खासै राजनीतिक लाभ नहुने देखेपछि उनी पछि हटेको बुझिएको छ । एक त विभाजनपछिको सानो पार्टी, त्यसमा पनि मधेशीको नाममा महेन्द्र यादव र महिलाको नाममा हिसिला यमी जस्ताले नै सबै अवसर लिने सोचेर उनी नेसपामा जान हच्किएको स्रोतले जनाएको छ । पार्टीको शिर्ष नेतृत्वमा बसेर सधैं पार्टी फोड्ने षड्यन्त्र गर्दै आएको उनीमाथि आरोप लाग्ने गरेको छ । केपी ओली प्रधानमन्त्री रहेको समयमा पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएलगत्तै तत्कालीन समाजवादी पार्टी विभाजन गर्ने विद्रोही समूहको नेतृत्व उनले नै गरेका थिए । तर विभाजन पूर्व नै योजना लिक भएपछि पार्टी विभाजन सफल हुन सकेन । त्यसपछि पार्टी एकता कायम राख्न उनलाई पार्टीले मन्त्री पद समेत दिएका थिए ।
त्यसै समय देखि उनीमाथि चिढिएका पार्टी अध्यक्ष उपेन्द्र यादवले खास मौका छोपी साइजमा ल्याउने मनसायमा रहेको स्रोतले बताएको छ ।
पार्टी भित्र निरन्तर गुट उपगुट गर्ने एक पक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टीबाट बाहिरिएकाले अब अध्यक्ष यादवले आन्तरिक अनुशासन कायम गर्न कडा कदम उठाउन लागेको छ । विगतमा पार्टीसंग धोखाधडी गर्ने नेताहरुसंग हिसाब किताब गर्ने मुडमा उनी रहेको स्रोतले बताएको छ । नेतृत्वको कुरा अटेर गर्नेलाई ठाढो कारबाही गर्ने सोचमा उनी पुग्दै गएको बुझिएको छ । यसैको एक कडीका रुपमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा मांग प्रकरणलाई बुझ्न सकिने उनी निकटस्थ एक नेताले बताए ।
पार्टी अध्यक्ष शक्तिशाली बन्दै गएको देखर नेतृ यादवले पार्टी परिवर्तन गर्ने मनसाय बनाउन लागेको स्रोतले बताएको छ । तर पार्टीको नेतृत्व तहलाई झस्काउन र बार्गेनिङ गर्न मात्र यस्तो मिडिया ट्राइल गरेको पनि कतिपय उनका निकटस्थ नेता कार्यकर्ताहरुको अनुमान रहेको छ । बाहिर एमाले पार्टीमा जान लागेको भन्दै भएको हल्ला निराधार रहेको उनको नजिकका एक जिल्ला स्तरीय नेताले बताए । पार्टी भित्र रहेर आन्तरिक संघर्ष गर्ने सोचमा पूर्व मन्त्री यादव रहेको उनले बताए।
उता पूर्व सांसद यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग एकपटक भेटघाट गरि यस विषयमा छलफल गर्ने योजना रहेको स्रोतले बताएको छ । त्यसपछि मात्र उनले ठोस निर्णय लिने स्रोतको दावी छ ।
जनता समाजवादी पार्टी नेपालले सप्तरीमा आज राजविराजमा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव आउन लागेको छ । यसै मौकामा सांसद यादवको भेटघाट गर्ने योजना रहेको बुझिएको छ ।तर सांसद यादव पक्षिय मानिएका नेताहरु जिल्ला बाहिर रहेकाले भेटघाटको सम्भावना न्यून रहेको स्रोतको दाबी छ ।

आजको प्रवेश कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका पूर्व प्रमुख प्रभाकर यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुको एक समूह जसपा नेपालमा प्रवेश गर्न लागेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology